शुक्रबार, वैशाख ७, २०८१
गृहपृष्ठअर्थनेपाल हिमालय सीमापार वाणिज्य संघको ५ पदको लागि आइतबार निर्वाचन

नेपाल हिमालय सीमापार वाणिज्य संघको ५ पदको लागि आइतबार निर्वाचन


काठमाडौं– नेपाल हिमालय सीमापार वाणिज्य संघको आइतबार ५ पदको लागि निर्वाचन हुने भएको छ । सर्वसम्मत हुन नसकेपछि अध्यक्षसहितको पाँच पदमा निर्वाचन हुने भएको हो । संघको बाँकी पदाधिकारीहरु भने निर्विरोध भएका छन् ।

संघ पदाधिकारीको लागि सवर्सम्मतकाे प्रयास सफल हुन नसकेपछि आइतबार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव वरिष्ठ सचिव र सचिव पदको लागि निर्वाचन हुने भएको हो । अन्तिम समयसम्म सर्वसम्मतिको प्रयास गरेपनि सहमति नभएको अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिए । संघको अध्यक्षको लागि रामहरि कार्की र लोप्साङ् शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागर) र अर्जुन कार्कीबीच प्रतिस्पर्धा हुँदैछ । महासचिव रामचन्द्र पराजुली र भक्तबहादु पराजुलीबीच प्रतिस्पर्धा हुँदैछ भने चार पदसंख्या रहेको सचिव पदमा सचिव विकासप्रसाद रिसाल, आङ्दोर्जे शेर्पा, नारायणप्रसाद दाहाल, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ गरी पाँच जनाको प्रतिस्पर्धा हुँदैछ । संघको अन्य पदाधिकारीहरु सर्वसम्मत भएका छन् । जसमा प्रथम उपाध्यक्षमा सुरेश श्रेष्ठ सर्वसम्मत भएका छन् । चार पदसंख्या रहेको उपाध्यक्ष पद पनि निर्विरोध भएको छ । जसमा सुजित बस्नेत, निरञ्जनकृष्ण श्रेष्ठ, ओमनाथ घिमिरे र भरत कार्की निर्विरोध भएका छन् । कोषाध्यक्षमा लालबहादुर बस्नेत र सह–कोषाध्यक्षमा सुमन श्रेष्ठ निर्विरोध भएका छन् ।

१९ सदस्य पद समेत निर्विरोध भएको छ । जसमा पुष्कर गिरी, शारदाप्रसाद पराजुली, राजकुमार भण्डारी, छविलाल आचार्य, प्रेमकुमार शेर्पा, प्रेमबहादुर श्रेष्ठ, मुके शेर्पा, कृष्णबहादुर श्रेष्ठ, क्षितिज गौतम, राजकपुर खत्री, लाक्पा शेर्पा, नारायण पराजुली, जितेन्द्रप्रसाद दाहाल, महेश्वर बस्नेत, रामचन्द्र थापा, वाल्मीकीनाथ पराजुली, विनोद थापा, विष्णु श्रेष्ठ र विष्णुप्रसाद न्यौपानेको निर्विरोध भएका छन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!