बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठअर्थह्युम पाइप संघको केन्द्रीय अध्यक्षमा कुल प्रसाद निर्वाचित

ह्युम पाइप संघको केन्द्रीय अध्यक्षमा कुल प्रसाद निर्वाचित


काठमाडौँ । नेपाल ह्युम पाइप संघको केन्द्रीय अध्यक्षमा कुल प्रसाद आचार्य चयन भएका छन् । शनिबार काठमाडौँमा भएको १२औं साधारण सभाबाट अध्यक्षमा सिन्धुपाल्चोकका आचार्य चयन भएका हुन् । संघले अध्यक्षलगायत सम्यूर्ण कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको छ । अध्यक्ष निर्वाचित भएसँगै आचार्यले ह्युम पाइपमा देशलाई आत्मनिर्भर बनाउन पहल गर्ने बताए ।

साधारण सभाले संघको उपाध्यक्षमा मुकुन्द गौतम, हरिहर नेपाल र उपेन्द्र विष्ट, महासचिवमा नारायण बहादुर खत्री, सचिवमा सन्तोष अधिकारी र कोषाध्यक्षमा संजय राज श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरूमा विकेश मानन्धर, गोपाल खड्का, पवन भट्ट, बाबुराम रेग्मी, ज्योति रिजाल र दाउत तामाङ चयन भए ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!