बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थखुल्याे तातोपानी नाका

खुल्याे तातोपानी नाका


तातोपानी । नेपाल–चीनबीचको एक मात्र स्थलमार्ग तातोपानी नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । आठ वर्षपछि मानिस आवतजावत गर्न पाउने गरी नाका खुलाइएको हो । शुक्रबार ८ वर्षपछि यो नाका हुँदै सर्वसाधारण चीन प्रवेश पाउने गरी नाका खुलाइएको हो ।

अध्यागमन कार्यालयबाट पास बनाएर शुक्रबार यस क्षेत्रका सांसद माधव सापकोटा सुबोध, भन्सार कार्यालयका प्रमुख दयानन्द केसीसहितको टोली पास बनाएर मितेरी पुल पारी गएसँगै यो नाका पूर्ण रुपमा खुलेको हो ।

२०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको यो नाका यसअघि अस्थिर रुपमा मात्रै सञ्चालनमा आएको थियो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!