बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठअर्थतातोपानी नाकामा नेपाल र चीनका अधिकारीबीच बैठक

तातोपानी नाकामा नेपाल र चीनका अधिकारीबीच बैठक


तातोपानी–तातोपानी नाकाबाट पूर्ववत् अवस्थामा आयत–निर्यात सुचारु गर्न नेपाल र चीन सरकारका अधिकारहरू बिच बैठक सम्पन्न भएको छ ।

तातोपानी नाकालाई पूर्ववत् अवस्थामा सञ्चालनका लागि पहलकदमी गर्न दुई देशका अधिकारीहरू तातोपानी नाका स्थित फागुन ४ गते मितेरी पुलमा प्रत्यक्ष बैठक सम्पन्न भएको हो ।

बैठकमा चिनियाँ अधिकारीहरूले पूर्ववत् अवस्थामा नाका सञ्चालन हुनु पूर्व नाका क्षेत्रमा ‘क्रस बोर्डर क्राइम’ बारे पर्याप्त छलफल हुनुपर्नेमा जोड दिएको प्रजिअ न्यौपानेले जानकारी दिए । सिन्धुपाल्चोकका अधिकारीहरूले पनि उक्त विषयमा जोड दिएको उनले बताए ।

बैठकमा चिनियाँ अधिकारीहरूले नाकालाई पूर्ववत् अवस्थाका जस्तै सञ्चालनका लागि के गर्न सकिन्छ भनेर सुझाव मागेका थिए । निकासी बस्तुको चेकजाँच गर्न खासाका रमिते बजारमा निकासी घर निर्माणाधीन रहेको पनि चिनियाँ अधिकारीले बताएका सिडिओ न्यौपानेले बताए ।

नाका पूर्ववत् रूपमा कहिलेबाट खुल्छ भन्ने मिति तोकिएको छैन । बैठकमा नेपालबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालमकाउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरूको सहभागिता रहेको थियो । भूकम्पपछि २०७६ जेठ १५ मा नाका एकतर्फी सञ्चालन भएको थियो ।

तर सोही वर्षको चैत ११ मा कोरोना भाइरस नियन्त्रण गर्न देशभर लकडाउनको घोषणा गरेपछि तातोपानी नाकाबाट हुने आयात वर्ष दिन जति रोकिएको थियो । बिसं २०७७ मा दुवै देशका स्थानीय अधिकारीले मितेरी पुलमा पाँच मिटर टाढा रहेर बैठक गरेका थिए । त्यसपछि यो नै पहिलो प्रत्यक्ष बैठक हो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!