बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठअर्थसिन्धु बैंकको अध्यक्षमा पुनः राजेन्द्रकुमार श्रेष्ठ

सिन्धु बैंकको अध्यक्षमा पुनः राजेन्द्रकुमार श्रेष्ठ


चौतारा–सिन्धुपाल्चोकमा केन्द्रीय कार्यालय रहेको एक मात्र सिन्धु विकास बैंक लिमिटेडको अध्यक्षमा पुनः राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।

काभ्रेको धुलिखेलमा सम्पन्न बैंकको १३ औं बार्षिक साधारण सभामा निर्वाचित सञ्चालक समितिको बैठकबाट श्रेष्ठ अध्यक्ष चुनिएका हुन् । व्यवसायी पृष्ठभूमिका श्रेष्ठ बैंकको स्थापनाकालदेखि नै अध्यक्ष रहँदै आएका छन् ।

यसअघि साधरणसभाले आगामी चार बर्षको लागि बैंकको संस्थापक सेयरधनीको तर्फबाट श्रेष्ठ, श्रीमती निभा डंगोल तथा कर्मचारी सञ्चयकोषका तर्फबाट प्रतिनिधित्व गर्ने गरी दिनेशकुमार केसीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको थियो।

सभाले आर्थिक वर्ष २०७८÷७९ को बार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंकले आगामी दिनमा बागमती प्रदेशकै उत्कृष्ट विकास बैंकका रुपमा स्थापित गर्ने साथै अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई स्थापित गर्ने लक्ष्य लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले सभामा जानकारी गराए ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लामा २५ वटा शाखा कार्यालय र एक वटा सीमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हालको प्रतिस्पर्धी बजारमा ग्राहकको सुविधाको लागि सम्पूर्ण शाखा कार्यालयमार्फत सन्ध्याकालीन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, एससीटी, डेबिट कार्ड, एसएमएस बैंकिङ क्यूआर कोड, सीआस्वा लगायतका सेवाहरु प्रदान समेत गर्दै आईरहेको जनाएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!