मंगलबार, माघ १७, २०७९
गृहपृष्ठअर्थकर सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

कर सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न


चौतारा–सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको समन्वय र आन्तरिक राजस्व कार्यालय धुलिखेलको आयोजनामा सदरमुकाम चौतारामा मंगलबार कर सम्वन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक ऐन २०६९ ले प्रदान गरेको छुट तथा सहुलियत सुविधाको बवषय र आमप्रकृयाको बारेमा कर अधिकृत डुन्डीराज दाहालले प्रश्ट्याएका थिए ।

सहभागीले कर सम्वन्धि मिसम्याचको समस्या झेल्नुपरेको र दोहोरो कर तिर्नुपरेको जस्ता बिषयबस्तु उठान गरेका थिए । सहभागीको प्रश्नमा कर अधिकृतले दाहालले जवाफ दिएका थिए ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको शाखा कार्यालयको सभाहलमा भएको कार्यक्रममा कर कार्यालयका लेखापाल गोकर्ण कोईरला र नायव सुब्बा बिजय उपाध्याय , नेपाल पत्रकार महासंघको अध्यक्ष जीवन श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको पूर्वप्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ , निर्माण व्यवसायी संघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ , नगर कार्यपालिका सदस्य सानुमाया गुरुङ र चौताराका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो ।

कार्यक्रम सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको कार्यकारिणी समितिका सदस्य एवं बजार व्यवस्थापन विभाग प्रमुख उजारसिं तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण उद्योग बाणिज्य संघ शाखा कार्यलय चौताराका कार्यालय प्रमुख निर्मल बस्नेतले गरेका थिए ।

 


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!