वैदेशिक रोजगारीमा रहेकाले कालिञ्चोक दर्शनको आपिओमा आवेदन दिन पाउने

कालिञ्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि लागि आज मिति २०७९ मंसिर १४ गतेदेखि २ लाख २८ हजार कित्ता साधारण् शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको छ। निष्काशन मंसिर २८ गते बैंकिङ समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन पौष १४ गतेसम्म खुल्ला रहने छ।
कम्पनीको विद्यमान जारी पूँजी रु.६०,००,००,०००/- (अक्षरेपी साठी करोड रुपैंया मात्र) मध्ये २% अर्थात रु.१,२०,००,०००/- (अक्षरेपी एक करोड बिस लाख रुपैया मात्र) रकम बराबरको रु. १००/- अंकित दरको १,२०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुको लागि तथा जारी पुँजीको १८% अर्थात रु. १०,८०,००,०००/- (अक्षरेपी दस करोड असि लाख रुपैंया मात्र) रकम बराबरको रु.१००/- अंकित दरका १०,८०,००० कित्ता शेयरमध्ये १,०८,००० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई (१० प्रतिशत) धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ (चौथो संशोधन सहित र धितोपत्र निष्काशन तथा बांडफांड निर्देशिका, २०७४ (छैठौं संशोधन २०७९) को अधिनमा रही प्रारम्भिक सार्वजनिक निष्काशन गरिएको हो।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम ४,९९० कित्तासम्म सम्बन्धित संकलन केन्द्रहरुमा गई दरखास्त फारम मार्फत आवेदन दिन सक्नेछन। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।
स्थानीय बासिन्दाहरुको लागि निष्कासन तथा बिक्री खुल्ला गरिदा निम्नानुसारका संकलन केन्द्रहरुबाट दरखास्त बुझिलिने व्यवस्था मिलाइएको छ:
१. नविल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, नक्साल, काठमाडौं ।
२. कालिञ्चोक दर्शन लिमिटेडको कार्यालय कालिन्चोक गाँउपालिका, वडा नं. १ कुरी दोलखा ।
३. मेगा बैंक नेपाल लिमिटेड, बाघखोर शाखा, सैलुङ गा.पा. ३, काटाकुटी बाघखोरे, दोलखा ।
४. मेगा बैंक नेपाल लिमिटेड, चरिकोट शाखा, भीमेश्वर न.पा. ६, चरिकोट बजार, दोलखा ।
५. मेगा बैंक नेपाल लिमिटेड, मैनापोखरी शाखा, वैतेश्वर गा.पा. ५, मैनापोखरी बजार, दोलखा ।
६. सेञ्चुरी बैंक लिमिटेड, सिंगटी शाखा, सिंगटी बजार, कालिञ्चोक गा.पा. ३, दोलखा ।
क्याटेगोरी : अर्थ
तपाईको प्रतिक्रिया दिनुहोस