मंगलबार, माघ १७, २०७९
गृहपृष्ठअर्थकोरिया रोजगारीका लागि आवेदन माग

कोरिया रोजगारीका लागि आवेदन माग


काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।

ईपीएस शाखाका अनुसार कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फागुन २६ गतेसम्म हुनेछ । सबै परीक्षा काठमाडौँमा नै सञ्चालन हुनेछ । एक दिनमा चार सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ ।

यस्तै भाषा परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको पहिलो चरणको सीप परीक्षण फागुन ३ देखि ५ गतेसम्म हुनेछ भने दोस्रो चरणको सीप परीक्षण चैत १ देखि ३ गतेसम्म हुने ईपीएस शाखाले जनाएको छ ।

भाषा परीक्षामा प्राप्त गरेको अङ्कका आधारमा अधिकतम अङ्क प्राप्त गर्नेमध्ये रोस्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी उत्तीर्ण भएका करिब छ हजार जनाको अन्तिम नजिता प्रकाशित हुने पनि शाखाले जनाएको छ तर कोरियाको मागका आधारमा उत्तीर्णको सङ्ख्यामा थपघट पनि हुन सक्नेछ । भाषा र सीप परीक्षण दुवैमा उत्तीर्ण भएकाले मात्रै कोरियाको रोजगार आवेदन फाराम भर्न पाउनेछन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!