मंगलबार, माघ १७, २०७९
गृहपृष्ठअर्थरसुवागढी नाका बिहीबार मध्यरातदेखि बन्द हुने

रसुवागढी नाका बिहीबार मध्यरातदेखि बन्द हुने


रसुवा l आसन्न निर्वाचनलाई लक्षित गरी उत्तरी सीमानाका रसुवागढी बिहीबार मध्यरातदेखि बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टाअगाडि नै नाका बन्द गर्नुपर्ने भएकाले बिहीबार मध्यरात १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्मका लागि नाका सिल गरिन लागेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

कोरोना महामारीपछि रसुवागढी नाकाबाट आयात मात्र भइरहे पनि सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द छ । अहिले नाकाबाट दिनहुँ १४ वटा चिनियाँ कन्टेनरमा सामान आयात भइरहेको छ ।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ताचप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ पस्मिना, गलैंचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!