बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठअर्थउद्योग वाणिज्य संघले बुझायो ज्ञापनपत्र

उद्योग वाणिज्य संघले बुझायो ज्ञापनपत्र


चौतारा–बैँक तथा बित्तिय संस्थाले एकतर्फी रुपमा ऋणको चर्को ब्याजदर बढाउँदा निजी क्षेत्र मारमा परेको भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

संघको तर्फबाट निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले ध्यानाकर्षणसहित प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललाई ज्ञापनपत्र बुझाए । बैँक तथा बित्तिय संस्थाले एकतर्फी रुपमा बढाएको ऋणको अत्यधिक ब्याजदरको कारण उद्योग, व्यवसाय धराशयी बन्दै गएको र व्यवसायीहरु विदेश पलायन हुनेपर्ने अवस्था सिर्जना गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराउँदा पनि बेवास्था गरिएको भन्दै संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तो ब्याजदरले आमनागरिकको दैनिक जीवनमा आर्थिक भार थोपरेको पनि संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

‘सिन्धुपाल्चोक जिल्लामा जलविद्युत, कृषि, पर्यटन, ढुंगाखानी, क्रसर उद्योग तथा व्यवसायमा लगानी भइरहेको र थप लगानी भित्रने अवस्था रहेकोमा यसरी एकतर्फी रुपमा व्याज वृद्धि गरिँदा समस्या परेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘जलविद्युतको विकास गरी उर्जा संकट समाधान गर्ने नेपालको उद्धेश्यमासमते बाधा पर्ने देखिन्छ ।’

यसरी बढाइएको ब्याजदर यथाशीघ्र घटाउन नेपाल सरकार, नेपाल राष्ट्र बैक तथा नेपालमा सञ्चालिन बैक तथा बित्तिय संस्थाहरुको स्थानीय प्रशासनमार्फत संघले ध्यानाकर्षण गराएको छ ।

 


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!