मंगलबार, मंसीर २०, २०७९
गृहपृष्ठअर्थसिन्धु कन्टेनर सहकारीको अध्यक्षमा पुनः बच्चु पौडेल

सिन्धु कन्टेनर सहकारीको अध्यक्षमा पुनः बच्चु पौडेल


भक्तपुर l सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः बच्चु पौडेल निर्वाचित भएका छन् ।

भक्तपुरको गठ्ठाघरमा शनिबार सम्पन्न संस्थाको १२ औँ साधरणसभा तथा चौथो अधिवेशनले दोस्रो कार्यकालका लागि पौडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अधिवेशनले संस्थाको उपाध्यक्षमा नेत्र पौडेल, सचिवमा प्रल्हाद थापा र कोषाध्यक्षमा रामहरि कार्कीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा रामबाबु श्रेष्ठ, कृष्ण क्षेत्री, रमेश श्रेष्ठ, देवीबहादुर खड्का र पदमबहादुर मगर चुनिएका छन् । अधिवेशनले लेखा समितिसमेत चयन गरेको छ । लेखा समितिको संयोजकमा अर्जुनबहादुर सापकोटा चुनिएका छन् । रामबहादुर गुभाजु र लालकाजी कार्की समितिको सदस्य रहेका छन् ।

साधारणसभा तथा अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । संस्थाका सदस्यहरुको आर्थिक अवस्था सुधार्न सिन्धु कन्टेनर सहकारी सफल रहेको उनले बताए । आगामी दिनमा संस्थाको विकासमा जोड दिँदै श्रेष्ठले भने, ‘सहकारीको माध्यमबाट देशको अर्थतन्त्र सुधारमा योगदान पुग्दै आएको छ ।

विशेष अतिथि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार), हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाण्ज्यि संघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ, अरनिको यातायात समितिका अध्यक्ष केदार क्षत्री, राजकुमार पौडेल, अर्जुन सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए । साधरणसभामा संस्थाको विकासमा योगदान पु¥याउने सचिव शम्भुबहादुर तिमल्सिना, पूर्वकोषाध्यक्ष राजकुमार पौडेल, सहकोषाध्यक्ष बेदबहादुर श्रेष्ठलाई सम्मानित गरिएको थियो ।

१५ प्रतिशत लाभांश बाँड्ने, संस्था नाफामा

साधरणसभाले सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने संस्थाको प्रस्ताव पारितसमेत गरेको छ । संस्थाका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले सहकारीको प्रगतिप्रतिवेदन पेश गरेका थिए । सिन्धु कन्टेनर सहकारी २०६७ मा स्थापना भएको थियो । हाल यो संस्थाको सेयर सदस्य १ हजार ९ सय १९ जना रहेका छन् । महिला सदस्यको संख्या ५ सय १ रहेको संस्थाले जनाएको छ ।

संस्थाको अनुसार यो सहकारीको चुक्ता सेयर पूँजी चालु आर्थिक वर्षमा १२ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको छ । ४५ करोड १ लाख २८ हजार रुपैयाँ ऋण लगानी गरेको संस्थाले यस आवमा १२ करोड १९ लाख २६ हजार ९ सय रुपैयाँ बचत तथा निक्षेप संकलन गरेको छ । संस्थाले यस आवमा ३ करोड ६७ लाख १२ हजार रुपैयाँ शुद्ध बचत गर्न सफल भएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!