बुधबार, असोज १९, २०७९
गृहपृष्ठअर्थसुपरमाई हाइड्रोपावरको आठौं वार्षिक साधारण सभा सम्पन्न, शेरयधनीलाई ३० प्रतिशत लाभांश

सुपरमाई हाइड्रोपावरको आठौं वार्षिक साधारण सभा सम्पन्न, शेरयधनीलाई ३० प्रतिशत लाभांश


काठमाडौँ । सुपरमाई हाइड्रोपावरको आठौं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ । सञ्चालक समितिमा सेयरवाला र स्वतन्त्रबाट ६ जना निर्विरोध निर्वाचित भएका हुन् ।

आज भएको साधारण सभाले संस्थापकमा अशोक कुमार खड्का, कैलाशमान राजभण्डारी, , नवराज राउत, बुद्धिबहादुर थापा, सबिता बर्तौला र स्वतन्त्रबाट दिवस लाल मास्के निर्विरोध निर्वाचित भएको शेयर सदस्य वेद बहादुर श्रेष्ठले जानकारी दिए ।

कम्पनीले आफ्ना शेयर सदस्यहरूलाई ३० प्रतिशत नगद लाभाशं विरतण गरेको छ । ७.८ मेघावाटको यो हाइड्रोपावरको ९४ करोड, १४ लाख ९० हजार साँवा ऋण र ६ करोड ७४ लाख ३० हजार सावाँ ऋण चुक्ता रहेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मोहन विक्रम कार्कीले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा नोक्सान हिसाब, नगदप्रवाह विवरण तथा अन्य बित्तीय बिबरण पेस गरेका थिए ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!