शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठअर्थलिदीमा १ लाखको राहत बाड्न २८ लाख खर्च

लिदीमा १ लाखको राहत बाड्न २८ लाख खर्च


काठमाडौँ । महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सिन्धुपाल्चोकको लिदीमा २०७७ साउन २६ गते गएको पहिराबाट प्रभावित परिवारलाई रु एक लाखको राहत बाँड्दा रु २८ लाखभन्दा बढी हवाई भाडा तिरेको उल्लेख छ ।

पहिरोबाट प्रभावित परिवारलाई रु एक लाख ११ हजार मूल्यका दाल, चामल, स्वास्थ्य सामग्री वितरण गर्न तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसहित टोलीले १२ पटक सेनाको हेलिकप्टर र एक निजी सेवाको हेलिकप्टर तीनपटक गरेर क्रमशः रु २५ लाख ६८ हजार र रु तीन लाख गरी रु २८ लाख ६८ हजार खर्च गरेको भन्दै यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!