शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठअर्थपेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घट्यो

पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घट्यो


काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोलमा २० र डिजेलमा २९ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

उनका अनुसार पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको छ । जसअनुसार हाल पेट्रोलमा १९९ रहेकामा २० घटेर १७९ कायम गरिएको छ । त्यस्तै डिजेलमा १९२ बाट २९ घटाएर १६३ कायम गरिएको छ ।

नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । मन्त्रिपरिषद्को निर्णयलगत्तै मन्त्री बडूले पत्रकार सम्मेलन गरेर सो जानकारी दिएका हुन् ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!