सरकारले दियो सिन्धुपाल्चोकमा २ हजार ७६ बाेरा मल, कुन पालिकाले कति पाउने ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा मलकाे हाहाकार भएको बेला सरकारले जिल्लाभर १३० वटा डिलर मार्फत मल दिने भएको छ । जिल्लाभर युरिया १४२६ बाेरा र डिएपी ६५० बाेरा दिने भएको हाे ।
कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेल शाखाले सिन्धुपाल्चोक जिल्ला भर १३० वटा डिलर मार्फत जम्मा २ हजार ७६ बाेरा मल दिने भएको हाे ।
मेलम्ची नगरपालिकामा ३३ डिलरमार्फत प्रति सहकारीमा युरिया आठ , डिएपी पाँच बाेरा दिने भएको छ ।यस्तै पालिकामा युरिया २६४ र डिएपी १६५ बाेरा पाउने भएको छ ।
यस्तै नगरपालिकामा ६ डिलरमार्फत मल बिक्री गर्ने भएको छ । प्रति सहकारी युरिया १५ र डिएपी पाँच बाेरा दिने भएको छ । यस्तै पालिकाकम लागि युरिया ९० र डीएपी ३० बाेरा दिने भएको हाे । चाैतारा साँगाचाेकगढी नगरपालिकामा २९ डिलरमार्फत सहकारीमा युरिया आठ र डिएपी ५ बाेरा दिने भएको छ । यस्तै पालिकामा युरिया २३२ र डिएपी १४५ बाेरा पाउने भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस