सोमबार, जेठ २, २०७९
गृहपृष्ठअर्थएमाले सिन्धुपाल्चोक नेता सहकारी ठगी धन्दामा

एमाले सिन्धुपाल्चोक नेता सहकारी ठगी धन्दामा


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक एमाले नेता सहकारीको रकम हिनामिना गरेकाछन् ।

सिन्धुपाल्चोक हेलम्बु गाउपालिका ७ इचोकमा रहेको नवजीवन साना किसान कृषि सहकारीको रकम नक्कली कर्जा खडा गरि हिनामिना गरेको हुन् ।

सस्थाका अध्यक्ष टंक गजुरेलले २०७६ साउन ६ मा सस्थाका उपाध्यक्ष बल बहादुर खड्का संचालन समिती रहेको सो सहकारीको १ करोड १८ लाख भन्दाबढी रकम अध्यक्ष गजुरेलले ७८ वटा भन्दा बढी नक्कल ऋिणीको कागजात तयार गरि ठगी गरेको पुष्टि भएको छ ।

हेलम्बु बासीलाइ सहुलियत कर्जा प्रवाह गर्ने र किसानलाई प्रोत्साहन गर्ने भन्दै संचालन गरेको नवजीवन साना कृषि सहकारीको नाममा नक्कली ऋिणी पेश गरि रकम हिनामिना गरेको पुष्टि भएपछि गजुरेल विरुद्ध स्थानीयले मुद्दा दर्ता गरेका छन्।

उनले सहकारी संचालन गर्ने र आफू खुसी रकम चलाएर कृषकको नाममा ऋण देखाउने समेत गरेको इचोकमा एक स्थानीयले बताएका छन।

संस्थाको अध्यक्ष टंक गजुरेलेल गाउँको सोझा साझाको नाममा ऋण देखाइ रकम चलाउने र अन्य व्यावसायमा लगाउन देखि चर्को ब्याजमा ऋण दिने समेत गरेको ती स्थानीयले बताए ।

संस्थाको मिति २०७७ साउन १८ मा भएको तत्कालीन छानबिन समितिले संस्थाको नाममा ४ वटा खाता शेयर सदस्यहरुको ब्यक्तिगत खाता र अन्य सम्बन्धि अभिलेखहरु अध्ययन तथा निरीक्षण गर्दा २०७७ असार ३१ मा १५४ सेयर सदस्यहरुमा १ करोड ५३ लाख ४० हजार २ सय ७८ कर्जा लगानी भएको पाइएको हो।

यसरी कर्जामा सनाखत गर्ने ७६ जना सेयर सदस्यको लगानी ३५ लाख ३६ हजार ३ सय ७७ भएकोमा ७८ जना नक्कली कर्जाको कागजात मिलाइ १ करोड १८ लाख रकम हिनामिना गरेपछि हेलम्बु गाउँपलिकाले सहकारीको हिनामिना बारे छानबिन समिती बनाइ प्रतिवेदन पेश गरिएको छ।

रकम हिनामिनाका संल्गन टंक गजुरेल र सस्थाको मिति २०७७ असार३१ सम्मको कारोबार नगद मौज्दात २१ लाख ७६ हजार ८ सय ५४ रहेको सस्थाको जिम्मेवारी लिएकि तत्कालीन प्रबन्धक शर्मिला भट्टराईलाई समेत कारबाहीको माग गर्दै उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मुद्दा दर्ता गरिएको छ।

 


क्याटेगोरी : अर्थ, राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!