शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठअर्थतातोपानी नाकामा ट्रान्सपोर्ट कम्पनीको विवाद, कसको बढी छिराउने होडबाजी

तातोपानी नाकामा ट्रान्सपोर्ट कम्पनीको विवाद, कसको बढी छिराउने होडबाजी


काठमाडौं । तातोपानी नाका हुँदै चाइनाबाट सामान ल्याउने ट्रान्सपोर्ट कम्पनीबीच विवाद भएको छ । केही वर्षदेखि सिल्क ट्रान्सपोर्टले मात्रै एकलौटी सामान आयात गरेको उक्त नाकामा केही महिनादेखि अन्य दुई ट्रान्सपोर्ट कम्पनीले सामान ल्याउन अनुमति पाएसँगैं विवाद सुरु भएको हो ।

उक्त नाकामा सिल्क ट्रान्सपोर्ट, नमस्ते ग्लोबल लजिष्टिक र रिवान्जे ट्रान्सपोर्टले चाइनाबाट सामान ल्याउने गर्दछन् । नमस्ते ट्रान्सपोटले सामान आयातका लागि चाइनाबाट जति डिमाण्ड आउँछ त्यतिमात्रै गाडी पठाउ भन्ने र सिल्क ट्रान्सपोर्टले क्युमा गाडी राखेर सामान आयात गर्ने भनेपछि दुई टन्सपोर्टबीच विवाद भएको हो ।

चाइनामा गएर गाडी त्यतिकै बस्नुपर्दा एक दिनको २ हजार आरएमबी ( नेपाली लगभग ४०) अजार तिर्नुपर्ने हुँदा जति डिमाण्ड आउँछ त्यति मात्रै गाडी पठाउन आफूले भनेको नमस्ते ट्रान्सपोटका संचालक दानर्बु शेर्पाले गुनासो पोखे । उनले भने, `जजसको सामान छ जसले जुन ट्रान्सपोर्टको गाडी डिमाण्ड गर्छ त्यही पठाउ भन्ने हो तर सिल्क ट्रान्सपोर्टका सञ्चालकहरु मान्नुहुन्न ।`

बिहीबार भनेअनुसार नभएपछि नमस्ते ग्लोबल लजिष्टिक र रिवान्जे ट्रान्सपोर्टले केही घण्टा नाका बन्दसमेत गराएका थिए । नाका नै बन्द गरेपछि तातोपानी भन्सारको रोहवरमा, नाकाका सशस्त्र प्रहरी, भन्सार प्रतिनिधि, सिल्क प्रतिनिधि, नमस्ते र रिवान्जे ट्रान्सपोर्टका प्रतिनिधिहरुबीच हिजो वार्ता भएको थियो ।

सो वार्ता निष्कर्षबिहीन भएको छ । सिल्क ट्रान्सपोर्टका कल्यान सिलवालले जे सक्छस् गर हामी तिमीहरुले भनेको मान्दैनौं भनेर आफूलाई धम्की दिएको नमस्तेका सञ्चालक शेर्पाले बताए । उनले भने, `हाम्रो चाहना खुल्ला प्रतिस्पर्धाबाट सामान आयात होस् भन्ने मात्रै हो ।`

यता, सिल्क ट्रान्सपोर्टका कल्यान सिलवालले भने सुरुमा विवाद भएको बारे आफूलाई थाहा नभएको बताए । पछि भने उनले नयाँहरुले अलिअलि गर्छनै भनेर जवाफ दिए । उनले भने, `सिन्धुपाल्चोकको पानी नै त्यस्तो हो जुन पानी खाएपछि विवाद नगरि हुँदैन् ।`

व्यवसायीहरुले भने ट्रान्सपोर्टको विवादले सामान आयात रोकिन नहुने बताए । बिहीबार भएको बन्दले नाका नै केही समय ठप्प भएको र यस्तो गर्नाले अन्तत व्यवसायीलाई नै घाटा भएको भन्दै एक व्यापारीले आक्रोश पोखे । ट्रान्सपोर्टको विवादले सामान आयात रोकिने नहुने ती व्यवसायीको जिकिर थियो

सामान बोक्नका लागि सिल्क ट्रान्सपोर्टको ५२ वटा, नमस्ते ग्लोबल लजिष्टिकको ३२ वटा र रिवान्जे ट्रान्सपोर्टको १२ वटा कन्टेनर छन् ।

यता, भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले दुई ट्रान्सपोर्टबीच विवाद भएको स्विकारे । उनले भने, `हाहीले भन्ने केही छैन् । उहाँहरुबीचको विवादमा भन्सारले सहजीकरण गर्दियोस् भनेपछि हामीले सँगैं बसेर छलफल गरेका हौं तर निष्कर्ष निस्किएन ।` आफ्ना गाडी कसले बढी छिराउने भन्ने विषयमा विवाद भएको उनले बताए । उनीहरुको विवादले नाकामा समस्या आउने भएकाले भन्सारले समन्वय गरेको ढकालको भनाइ छ ।

नमस्ते ग्लोबल लजिष्टिकका संचालक शेर्पाले भन्सार अधिकृत आउन्जेल आफ्ना विरोधका कार्यक्रम थाती राखेको बताए ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!