शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठअर्थकफीको न्यूनतम मूल्य निर्धारण

कफीको न्यूनतम मूल्य निर्धारण


काठमाडौँ- राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मङ्सिर १ गतेदेखि लागू हुने गरी कफीको मूल्य सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार किसानको लागत मूल्य र सरोकारवालाको सुझावलाई आधार बनाएर यस वर्ष पनि कफीको मूल्य निर्धारण गरिएको हो ।

यसअनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपियाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताउनुुभयो । त्यसैगरी ग्रेड बीको सो कफीको प्रतिकेजी ८० रुपियाँ मूल्य तोकिएको छ । पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ४५० रुपियाँ र ग्रेड बी सो सोही कफीको मूल्य ३९७ निर्धारण गरिएको छ । बोर्डले ड्राइचेरी ग्रेड ए कच्चा कफीको प्रतिकेजी मूल्य १४८ रुपियाँ मूल्य तोकेको छ भने बी ग्रेडको सोही कफीको प्रतिकेजी मूल्य ९५ रुपियाँ निर्धारण गरेको छ ।

नेपालमा १२ लाख हेक्टर जमिनमा व्यावसायिक कफी उत्पादन गर्न सकिने भए पनि हाल तीन हजार ५३ हेक्टरमा मात्रै कफी खेती भइरहेको कार्यकारी दिर्नेशक भट्टराईले जानकारी दिनुुभयो ।

बोर्डले तिनै तहका सरकारको बीचमा एकीकृत कार्यक्रमको अवधारणा अगाडि बढाउँदै उत्पादन केन्द्रित कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउने नीति अगाडि सारेको जनाएको छ । प्रदेश २ बाहेक सबै प्रदेशमा कफी खेती गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन् ।

बोर्डले हरेक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कफि दिवसको रूपमा मनाउँदै आएको छ। बुधबार मनाउन लागिएको १७ औं कफी दिवसको नारा ‘कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायिक कफी उत्पादनमा युवाको योगदान’ रहेको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!