शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठअर्थकाठमाडौं बसेर मेलम्ची पानी झार्ने मिति नतोक्न खानेपानी आयोजनालाई मेयर अर्यालको चेतावनी

काठमाडौं बसेर मेलम्ची पानी झार्ने मिति नतोक्न खानेपानी आयोजनालाई मेयर अर्यालको चेतावनी


मेलम्ची- मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले यथास्थितिमा मेलम्चीको पानी काठमाडौं पठाउन नसकिने बताउनुभएको छ ।

खानेपानी आयोजनाले ब्यवास्ता गरेका कारण मेलम्ची खानेपानी अनिश्चित भएको प्रमुख अर्यालले बताउनुभयो । खानेपानी आयोजनाको कामप्रति रुष्ट देखिनुभएका अर्यालले आयोजनाको काम कारबार्हि बारे स्थानिय जनप्रतिनिधि देखि सरोकारवाला कसैलाईपनि थाहा नहुनु दुखद् भएको बताउनुभयो ।

ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको एघारौं वार्षिक साधारण सभामा आफ्नो भनाइ राख्दै अर्यालले पानी लैजाने कुरालाई ख्यालख्याल नसोच्न आयोजनालाई दबाब दिनुभयो । प्रमुख अर्यालले काठमाडौं बसेर मेलम्चीको पानी नजाने भन्दै आयोजना स्थलमा आएर अध्ययन गर्न खानेपानी आयोजनालाई आग्रह गर्नुभयो । बाढीले यत्रो ताण्डव मच्चाएको देखिरहँदा पनि आयोजनाका पदाधिकारीले चासो नदेखाएको प्रमुख अर्यालको भनाइ थियो ।

पटक–पटक वार्ताका लागि आग्रह गरे पनि अहिलेसम्म पनि सम्पर्कमा नआउनु दुखद् भएको भन्दै अर्यालले काठमाडौं बसेर पानी झार्ने मिति नतोक्न चेतावनी दिनुभयो । आयोजनास्थलमा भएका ढुंगा, गिटी लगायतको गेग्रानको व्यवस्थापन नगरी अहिलेकै स्थितिमा पानी पठाउन नसकिने प्रमुख अर्यालले उद्घोष गर्नुभयो ।

उहाँले ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिलाई पनि जिम्मेवारीका साथ योजना बनाएर मात्रै अगाडि बढ्न सुझाव दिनुभयो । मेलम्ची आयोजनाले पानी लगिसकेपछि संस्थाको योजना के, कसरी अगाडि बढ्छ, योजना के छ भन्दै उहाँले प्रश्न गर्नुभएको थियो । प्रमुख अर्यालले नदी किनारमा भएका समस्या समाधान गर्नका निम्ति र संरक्षणका निम्ति कुनै कार्यक्रम नआएको भन्दै समितिको ध्यानाकर्षण गराउनुभयो । दिगो योजना बनाएर मात्र काम गर्न उहाँले समितिलाई सुझाव दिनुभयो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!