शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठअर्थभन्सार सहजीकरण गर्न विभागलाई चेम्बरको सुझाव

भन्सार सहजीकरण गर्न विभागलाई चेम्बरको सुझाव


काठमाडौं – भन्सारमा माल सामान रोकिएका कारण लामो लाइन भएको भन्दै नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागको ध्यानाकर्षण गराएको छ ।

पछिल्लो समय विभिन्न भन्सार कार्यालयमा मालसामान सरल र सहज तवरले जाँचपास नभई मालसामानका गाडीहरू ‘क्यु’ मा रहेको र भन्सार कार्यालयहरूमा पर्याप्त मात्रामा कर्मचारी समेत नरहेको भन्ने गुनासो आइरहेको चेम्बरले पत्रमा उल्लेख गरेको छ ।

विभागले न्यून विजकीकरणलाई हतोत्साही गरी वास्तविक बिललाई प्रोत्साहन गर्न बेलाबखत परिपत्र गर्नु सकारात्मक भएपनि इमान्दारीपूर्वक काम गर्ने आयातकर्तालाई मारमा पर्ने-नपर्ने विचार गरी नीति बनाउनु उपयुक्त हुने सुझाव पनि दिएको छ ।

राजस्व संकलनको मुरुदण्ड भने मूल्यअभिवृद्धि कर र आयकरलाई बनाउन समेत चेम्बरले भनेको छ । भन्सारले व्यापारिको सामानको मूल्यांकन गर्दा कारोबार मूल्यलाई मान्यता दिन र न्यूनविजीकरणको शंका लागेमा भन्सार विन्दुमै त्यस्ता सामान खरीद गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।यसको साटो सामान जाँचपास पछि अन्य नियामक निकायले निगरानी गर्ने व्यवस्था मिलाउन समेत चेम्बरले विभागका महानिर्देशकलाई देखेको पत्रमा उल्लेख छ ।

चेम्बरका कर, राजस्व तथा भन्सार समिति अध्यक्ष पर्शुराम दाहालले विभागका महानिर्देशकलाई पत्र लेख्दै यो समस्याको सहिजकरण गर्न माग गरेका छन् । भन्सार कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा समेत समस्या देखिएको चेम्बरले जनाएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!