शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठअर्थइन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा बढ्यो, कहाँको कति (सूचीसहित)

इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा बढ्यो, कहाँको कति (सूचीसहित)


काठमाडौँ – इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् ।

वायुसेवा सञ्चालकहरुको छाता संगठन वायु सेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा २२० रुपैयाँ वृद्धि गरिएको जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।

यसरी बृद्धि भएको भाडादरअनुरुप अब काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि २२० रुपैयाँ बढेको छ । संघका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ । आजैदेखि यो भाडादर लागू गरिएको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शुल्क १७० रुपैयाँ बढेको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!