शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठअर्थबहराइनले कोभिड संक्रमणको खतरा सूचीबाट हटायो नेपाललाई

बहराइनले कोभिड संक्रमणको खतरा सूचीबाट हटायो नेपाललाई


काठमाडौँ- बहराइनले नेपाललाई कोभिड संक्रमणको खतरा सूचीबाट हटाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर कम हुँदै गएपछि कात्तिक २८ गतेदेखि बहराइनले कोरोना संक्रमणको खतरा सूचीबाट हटाएको हो ।

बहराइनस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार बहराइनले कोराना संक्रमण जोखिमबाट नेपाललाई हटाएसंगै बहराइन जाने नेपाली श्रमिक १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ ।विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्रदान गरिएको खोपको दुवै डोज लगाएका यात्रुहरू क्वारेन्टिनमा बस्नु पर्दैन । यात्रुले क्युआर कोडसहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य रुपमा राख्नुपर्नेछ ।

बहराइनले कोरोना संक्रमण रोकथाम गर्न अन्तर्राष्ट्रिय यात्रा सम्बन्धी कडाई गर्ने नीति अनुरुप नेपाललाई पनि खतराको सूचीमा राखेको थियो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!