शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठअर्थश्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य

श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य


काठमाडौँ- वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक नगरेकाले श्रम नवीकरणका लागि नेपाल आउनुुपर्छ ।

बायोमेट्रिक दर्तामा विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइनमा राख्ने प्रणाली हो । विभागमा बायोमेट्रिक दर्ता गरेर गएको श्रमिकले भने अनलाइनबाट आफू रहेको देशबाटै दुुई पटकसम्म पुनः श्रम स्वीकृति लिन सक्ने विभागले जनाएको छ ।

यसैबीच विभागले अनलाइनमार्फत श्रम स्वीकृति लिन होस् वा भौतिक रूपमा उपस्थित भएर लिँदा होस् अनलाइनमार्फत अनिवार्य टोकन लिनुुपर्ने व्यवस्था गरेको छ । टोकन आफूलाई पायक पर्ने श्रम कार्यालयको लिन सकिने विभागले जनाएको छ।

कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर विभागले श्रम स्वीकृति लिँदा अनलाइनबाट टोकन लिने व्यवस्था अनिवार्य गरेको जनाएको हो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!