बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठअर्थखानेपानी मन्त्री चौधरीद्वारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण

खानेपानी मन्त्री चौधरीद्वारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण


मेलम्ची- खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरेका छन् ।

सोमबार मन्त्री चौधरीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध र सुरुङमा भएको क्षतिको निरीक्षण गरेका हुन् ।

गत चैतदेखि आयोजनाले राजधानीबासीलाई पानी बाँडिरहेको थियो। सुरुङमार्गको परीक्षण गर्ने भन्दै असार १ मै परीक्षण वितरण बन्द गरेकै दिन बाढी आएको थियो। आयोजनाको मुहानस्थलभन्दा माथितिर भेम्राथाङबाट आएको बाढीले आयोजनामा क्षति पुयाएको हो।

गत असार १ मा आएको बाढीले आयोजना क्षतिग्रस्त बनाएको थियो। हेडवर्क्स पुरेको थियो। कामदार बस्ने लगायतका साइट क्याम्पहरु बगाएको थियो। निर्माण सामाग्री इक्विपमेन्ट बगाएको थियो भने आयोजना स्थलसम्म पुग्ने करिब ८ किमि सडक र चारवटा पुल बगाएको थियो।

निरीक्षणका क्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र चाईनिज ठेकेदार कम्पनिका प्रतिनिधिसँग मन्त्री चौधरीले मेलम्ची आयोजनामा भएको क्षतिको विवरण लिएका थिए ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!