शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठअर्थअर्थमन्त्रीले गरे तातोपानी नाकाको निरीक्षण

अर्थमन्त्रीले गरे तातोपानी नाकाको निरीक्षण


तातोपानी- अर्थमन्त्री जनार्दन शर्माले तातोपानी नाका निरीक्षण गरेका छन्।

अर्थमन्त्री शर्मा सोमबार उक्त नाका निरीक्षण गर्न पुगेका थिए। उनले चीन सरकारले ठोस रूपमा सहयोग गर्ने र नेपालले पनि गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकासमा सहकार्य गर्नुपर्ने बताए।

‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उनले भने, ‘चीन सरकारले कति गर्ने हो त्यसको पनि मूल्याङ्कन गर्नुहोस्।’

तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताए।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटालगायत पनि तातोपानी भन्सार नाका निरीक्षणका लागि पुगेका थिए।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!