शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठअर्थमाथिल्लो तामाकोशीका कर्मचारीको आन्दोलन फिर्ता

माथिल्लो तामाकोशीका कर्मचारीको आन्दोलन फिर्ता


कार्तिक १७, दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। कर्मचारीहरूले आजदेखि विद्युत उत्पादन बन्द गर्ने चेतावनी दिएका थिए ।

अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्ने लगायतका तीन बुँदे माग राख्दै कर्मचारीले कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए।

आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन गर्न मौखिक सहमति भइसकेको बताए । लामा बगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!