बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठअर्थनेपाल भारत मैत्री बस सेवा पुनः सञ्चालनमा

नेपाल भारत मैत्री बस सेवा पुनः सञ्चालनमा


काठमाडौ । कोरोना महामारीका कारण झण्डै २० महिनादेखी बन्द रहेको नेपाल भारत मैत्री बस सेवा पुनः सञ्चालनमा आएको छ । स्वयम्भु मन्जुश्री यातायात प्रा.लि.द्वारा काठमाडौंबाट दिल्ली, पटना, बोधगया र बनारस सिधा बस सेवा पुनः सुरु गरिएको बस सेवाको काठमाडौ स्थित् भारतीय दुतावासका आर्थिक विभागका प्रमुख शर्वेश विद्यार्थीले सुभारम्भ गरेका हुन् ।


मन्जुश्री यातायात प्रा.लि.का अध्यक्ष छिरिङ शेर्पाका अनुसार शनिवार दुई वटा बस यात्रु सहित भारत प्रस्थान गरेका छन् र दिल्ली, पटना, बोधगया, बनारस हुंदै यी बस पुनः यात्रु लिएर काठमाडौ फर्किने छन् । अध्यक्ष शेर्पाले बस सेवा सञ्चालनका लागि नेपाल र भारत दुबै मुलुकका सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरिएको बताएका छन् ।


स्वयम्भु मन्जुश्री यातायात प्रा.लि.ले छिट्टै काठमाडौ, गोरखपुर, कौसम्बी तथा काठमाडौ जयपुर बस सेवा सञ्चालन गरिने अध्यक्ष शेर्पाले बताए । स्वयम्भु मन्जुश्री यातायात प्रा.लि.ले कोरोना महामारी अघिसम्म २५ वटा मार्कोपोलो बस मार्फत सेवा सञ्चालन गर्दैआएकोमा अहिले पहिलो चरणमा दुईवटा बस मात्र सञ्चालनमा ल्याएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!