आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थतिमल्सिनाको व्यक्तिगत खर्चमा सडकमा ग्राभेल

तिमल्सिनाको व्यक्तिगत खर्चमा सडकमा ग्राभेल


लामोसाँघु । बलेफी गाउँपालिका–८ का एक युुवाले आफ्नो व्यक्तिगत खर्चबाट सडकमा ग्राभेल बिछ्याउने काम गरेका छन् । बलेफी–८ का सुवास तिमल्सिनाले ब्यक्तिगत खर्चमा लामोसाँघु–बसेरी–टोप्का सडकमा ग्राभेल बिछ्याउने काम गरेका हुन् ।
सो सडकका लागि गाउँपालिकाबाट सुधार मर्मत गर्न दुई लाख बजेट आएको थियो । तर सरकोकारवालाको मिलोमतोमा उक्त बजेट सिध्याउन मेशिन मात्रै हिडाएर बजेट सकेको उनको आरोप छ । सडकको सुधार नभएकाले आफैले व्यक्तिगत रुपमा सडकको खर्च गरेको उनको भनाई छ । उनी नेपाली कांग्रेस बलेफी गाउँपालिका–८ का सभापति रहेका उनले निजि खर्चमा उक्त सडकमा २३ गतेबाट ग्राभेल हाल्ने काम शुरु गरेका हुन् । शनिबार मत्रै नौ ट्रिप ग्राभेल सो सडकमा बिछ्याइएको उनले बताए ।
‘सो सडकमा जहाँ जहाँ ग्राभेल हाल्नु पर्ने आवश्यकता छ, त्यहाँ–त्यहाँ ग्राभेल हालिनेछ ।’ उनले भने । लगभग ६० टिप भन्दा बढी ग्राभेल बिछ्याएमा उक्त सडकमा सजिलैसँग साना, ठूला सवारीसाधान आउजाउ गर्न सक्ने काँग्रेस युवा नेता सुवासले बताए ।
सडक सुधार गर्नपर्नेमा मेशिनले उल्टै सडक बिगार्ने, सिचाँइका पाइप फुटाएकोले सडक हिलाम्मे भएकाले सवारीसाधान र पैदल यात्रीलाई समस्या परेकाले आफूले व्यक्तिगत खर्च गर्नुपरेको उनको भनाई छ ।
समाजसेवी तिमल्सिनाको उक्त कार्यमा स्थानीयहरुले श्रमदानबाट सहयोग गर्न थालेका छन् । नेपाली काँग्रेस बलेफी गाउँपालिका–८ इकाई समितिको संयोजनमा सोही इकाईका सभापति तिमल्सिनाको आर्थिक सहयोगमा लामोसाँघु बसेरी टोप्का सडक सुधार भईरहेको स्थानीय प्रेम प्रसाद पराजुलीले बताए ।
काँग्रेस जिल्ला कार्यसमिति सदस्य तथा स्थानीय रबिन बिकले काँग्रेस युवा नेता तिमल्सिनाले दशैं, तिहारमा आउजाउ गर्ने स्थानीय, पाहुना सबैलाई यात्रामा सहजता दिलाउन बिग्रेको सडकमा ग्राभेल बिछ्याएर सडक सुधार गरिरहेको बताए ।


क्याटेगोरी : अर्थ, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!