आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थकिन चीनमै अड्कियो ४० हजार मेट्रिक टन मल ?

किन चीनमै अड्कियो ४० हजार मेट्रिक टन मल ?


चौतारा । हिउँदे बालीका लागि ३५ हजार मेट्रिक टन यूरिया र पाँच हजार मेट्रिक टन रासायनिक मल चीनमै थन्किएको छ । कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रासायनिक मल पैठारी हुन नसक्दा समयस्ताउ त्पन्न भएका छ ।
मल सिल्क ट्रान्सपोर्टले ल्याउन लागेको हो । सिल्कका अध्यक्षरमेश शेर्पाले मल नेपाल पठाउन चिनियाँ पक्षले चासो नदेखाएका कारण भित्रिन नसकेको बताए ।
समयमा मल उपलब्ध हुन नसक्दा किसानले हैरानी व्यहोर्दैै आएकाले यसपाली समयमै मल झिकाउन लागिएको थियो । अध्यक्ष शेर्पा भन्छन्, ‘चीनबाट झिकाइएको मल चाँडै नै नेपाल पठाउन प्रधानमन्त्रीसमेतले चिनीयाँ दुतावासलाई आग्रह गर्दा पनि सहजीकरण नगरेपछि हैरानी खेप्नुपरेको हो ।’
रासायनिक मललाई प्राथमिकता दिई व्यापारिक सामानलाई पनि चाँडै पठाउन चिनीयाँ पक्षलाई आग्रह गरिएको थियो । त्यसैगरी दैनिक २० गाडी मात्र पठाउन आग्रह गरे पनि दैनिक आठदेखि १२ गाडी मात्र पठाउने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए ।
सरकारले भारत र बङ्गलादेशबाट मात्र रसायनिक मल झिकाइँदै आएकोमा पहिलो पटक चीनबाट गत वर्षको फागुनमा साल्ट टेडिङ कम्पनीमार्फत चार हजार मेट्रिकटन युरियामल झिकाएको थियो।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!