शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठअर्थमध्यभोटेकोशीको आइपिओमा साढे १५ लाख बढीको आवेदन

मध्यभोटेकोशीको आइपिओमा साढे १५ लाख बढीको आवेदन


काठमाण्डौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा शक्रबारसम्ममा साढे १५ लाख भन्दा बढीले आवेदन दिएका छन् । शुक्रबारसम्म १५ लाख ६२ हजार १८० आवेदकबाट आवेदन परेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार यी आवेदकबाट २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ३५ लाख ९२ हजार २९० कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।कम्पनीले निष्काशन गेरको शेयरमा असोज २५ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविक (बाह्रबिसे नगरपालिका ५, मामिङ गाविस ९भोटेकोशी गाँउपालिका) मा रन अफ रिभरमा आधारित १०२ मेगाबाट क्षमताको मध्य मोटेकोशी जलविद्युत आयोजनाको निर्माण गररहेको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!