आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थबुद्धभूमिको आइपीओ बाँडफाँट, १९ लाख ५६ हजारको हात खाली

बुद्धभूमिको आइपीओ बाँडफाँट, १९ लाख ५६ हजारको हात खाली


काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँट गरेको हो।

कुल २० लाख ३० हजार ५५५ आवेदकमध्ये गोलाप्रथाबाट ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका छन्। १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ । १६ हजार ३३ जनाको आवेदन रद्द भएको छ।

सर्वसाधारणबाट माग भएको कित्ताभन्दा ३२.८० गुणा बढी अर्थात २ करोड ४४ लाख ३७० कित्ता शेयर खरिदको माग परेको थियो।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!