आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थदैनिक तीस कन्टेनर सामान भित्रिन थाले तातोपानीबाट

दैनिक तीस कन्टेनर सामान भित्रिन थाले तातोपानीबाट


तातोपानी ।

नेपाल चीन बीचको उत्तरी सीमा नाका तातोपानीबाट दैनिक ३० कन्टेनर भित्रिन थालेका छन् । चार्डपर्व नजिकिएसँगै दशैका मालसामान बोकेर कन्टेनर नेपाल भित्रिन थालेको हो ।

भूकम्प र भोटेकोसी बाढीको समस्याबाट थलिएको तातोपानी नाका ४८  महिना बन्दपछि २०७५ जेठमा  खुलेको हो । त्यसयता पनि पटक पटक नाका सञ्चालनमा अवरोध हुँदै आएको छ ।

अहिले ३० कन्टेनर आउन थालेपछि दसंैलक्षित सामग्री भित्रिएको छ । व्यवसायीले दशैका लागि साउन देखि नै सामान लोड गरेपनि समान आउन नसकेपछि व्यावसायीहरु समस्यामा पर्ने गरेका छन् । फलफूल, रेडिमेड लत्ताकपडा, रोल कपडा, इलोक्ट्रोनिक सामाग्री, ओखर लगायत सामान ल्याउने गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी भन्सार कार्यालयको अनुसार अन्य समयमा भन्दा चार्डपर्वमा आयात बढी हुन्छ,  व्यवसायीहरुले सामान धेरै हाल्ने गरेको पाइएको छ ।  कहिलेकाही चिनियाँ अधिकारीहरुले नेपाली व्यावसायीहरुको मालसामान होल्ड गरिदिदा केही समय ढिलाइ  हुने गरेको हो ।  अहिले भने त्यो समस्या कम हुँदै गएको भन्सार कार्यालयको भनाइ छ ।

अहिले दैनिक १० देखि १४ चिनियाँ  कन्टेनरको समान आउने गरेको  छ। चिनियाँ १४  कन्टेनरको नेपालमा  २८  कन्टेनर हुन्छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम भन्छन्, ‘अहिले कोटा सिस्टममा गाडी छोडिएको छ । तर  औसत आयातमा भने वृद्धि भएको देखिन्छ ।’

बाटो भत्किएको ठाउँमा सडक डिभिजन कार्यालय चरिकोटले तत्कालको लागि बाटो खुलाउने काम गरेको छ । सडक अबरुद्ध हुदा डिभिजन कार्यालयले सहयोग गर्दै आएको व्यावसायी बिजय शेर्पाले बताए। शेर्पा भन्छन् दैनिक १० देखि १६ कन्टेनर सम्म भित्रीन्छ अहिले केही मात्रामा कन्टेनर आउन थालेको शेर्पाले बताए।

 उद्योग बाणिज्य सघ सिन्धुपाल्चोकका अध्यक्ष राजकुमार बस्नेत भन्छन्, ‘हामीले नाका पुर्णरुपमा संचालन गर्नको लागि चिनियाँ दूतावास, परराष्ट्रमन्त्री देखि  प्रधानमन्त्रीसम्म लाई ज्ञापन पत्र बुझाए छौ ।’ सरकारले कुटनैतिक तरिकाले सहज बनाउ आवश्यक छ। उनी भन्छन्,व्यावसायिक हिसाबले उत्तरी नाका छिटो र सहज हुन्छ दशैका लागि साउनमा समान हाल्ने भएपनी अहिले त्यो देखिदैन त्यसैले तातोपानी नाकालाइ सहज नहुदा व्यावसायिहरु मर्कामा परेको छन ।

व्यावसायीहरुले भने दैनिकी अहिलेको समयमा २५÷३० चिनियाँ कन्टेनरले समान ल्याउनुपर्ने बताउँछन। दैनिक करोडौं राजस्व संकलन हुने यो नाकालाइ सरकारले ध्यानदिदा अर्बौं राजस्व गुमेको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!