शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठअर्थमध्यभोटेकोशीको आइपिओ:पहिलो दिनमैै माग भन्दा बढी आवेदन

मध्यभोटेकोशीको आइपिओ:पहिलो दिनमैै माग भन्दा बढी आवेदन


काठमाण्डौं । सर्वसाधारणका लागि आइपीओ खरिद खुला गरिएको पहिलो दिनमै समध्यभोटेकोशी जलविद्यतु आयोजनामा माग भन्दा बढी आवेदन परेको छ ।
बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि ५ लाख ५२ हजार १६७ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साझसम्म यी आवेदकहरुबाट ८८ लाख ९१ हजार ९७० कित्ताको लागि आवेदन परेको हो । पहिलो दिनमै कम्पनीको आईपीओ खरिदका लागि मागभन्दा बढी आवेदन परेको हो ।

कम्पनीले प्रति कित्ता अंकित मूल्य रू. १०० दरको ९० लाख कित्ता आईपीओमध्य ८१ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । कुल कित्ता मध्य ४ प्रतिशत दरको ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधि असोज २५ गतेसम्म मात्र विक्रीमा रहनेछ ।

शेयर खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ भने आयोजना प्रभावित स्थानिय सहित सिन्धुपाल्चोक जिल्लाका वासिन्दाहरु समेतमा ६० लाख कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न बैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर स्थानियमा वितरण गरेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ ।

सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!