शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठअर्थसिन्धुका बाढीपीडितलाई झण्डै दुई करोड दिइने

सिन्धुका बाढीपीडितलाई झण्डै दुई करोड दिइने


चौतारा । वाग्मती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित भएका सिन्धुपाल्चोकका पीडितलाई झण्डै दुई करोड रुपैयाँ दिने भएको छ । पुनर्निर्माण तथा पुनःस्थापनाका लागि यो रकम दिने निर्णय गरेको हो ।
अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फका लागि सिन्धुपाल्चोकलाई एक करोड ८८ लाख ७७ हजार पाँच सय दिइनेछ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम दिने निर्णय गरेको हो । सिन्धुपाल्चोकले सो रकम पाउँदा नुवाकोटका लागि अस्थायी आवास निर्माणका लागि सात लाख ६५ हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापनसमितिहरूलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।
बैठकले २०७७ जेठदेखि बाढीपहिरोलगायत मनसुनजन्य विपद्का घटनाहरूबाट क्षति पुगेका नीजि घर परिवारहरूलाई सरकारका तर्फबाट तत्काल गुजाराका लागि प्रतिपरिवार अधिकतम १० हजारसम्म वितरण गर्ने निर्णय गरेको छ ।
सिन्धुपाल्चोक जिल्लामा जम्मा लाभग्राही ३६६ जनाको ३६ लाख ६० हजार र दोलखा जिल्लालाका पनि ९३ जनाको ९ लाख ३० हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराइनेछ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!