आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थचौतारामा राष्ट्रिय वाणिज्य बैंकको कारोबार सुरु

चौतारामा राष्ट्रिय वाणिज्य बैंकको कारोबार सुरु


चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो कारोबार सूचारु गरेको छ ।
बैंकले थप सात नयाँ शाखा कार्यालयहरु बिस्तार गर्ने क्रममा चौतारा साँगाचोकगढी नगरपालिकामा पनि गरेको हो ।
बाग्मती प्रदेश अन्तर्गत काठमाडौं जिल्लाको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजार स्थित शाखा कार्यालय माडी, स्थित शाखा कार्यालय शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ । यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठान मा शाखा विस्तार गरी कारोबार शुरु गरेको हो ।
यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!