आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थसिन्धु ईन्भेष्टमेन्ट कम्पनीको १४ औं साधारण सभा सम्पन्न

सिन्धु ईन्भेष्टमेन्ट कम्पनीको १४ औं साधारण सभा सम्पन्न


सिन्धुपाल्चोक । बाह्रविसे नगरपालीकास्थित् गातीमा निर्माण भईरहेको १०२ मेघावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनामा शेयर लगानीका लागि स्थापीत स्थानीय सिन्धु ईन्भेष्टमेन्ट कम्पनीको १४ औं साधारण सभा सम्पन्न भएको छ ।

१४ औं साधारण सभा संगै शेयर धनीहरुलाई आंशीक रुपमा लाभांश वितरण समेत सुरु गरेको कम्पनीका अध्यक्ष नरेश लाल श्रेष्ठले जानकारी दिएका छन् । संघीय राजधानी काठमाडौको अनुपम फुडल्याण्डमा शनिवार सम्पन्न १४ औं साधारण सभामा कम्पनीका तर्फबाट ८० प्रतिशत भन्दा बढी सदस्य उपस्थित् भएको अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार कम्पनीको कूल ८ करोड पू“जी मध्ये ६ करोड रुपैंया मध्यभोटेकोशीमा शेयर लगानी रहेको छ भने बांकी २ करोड रुपैंया विभिन्न कम्पनीको शेयरमा लगानी रहेको छ ।


कम्पनीका प्रवन्ध निर्देशक शम्भु विक्रम थापाका अनुसार सिन्धुपाल्चोक जिल्ला कै सबैभन्दा ठूलो यो जलविद्युत् आयोजनाको मुख्य लगानी प्रवद्र्धक चिलिमे जलविद्युत् कम्पनी हो ।

सन् २०१३ मा आयोजना निर्माणको काम थाल्दा १२ अर्व २८ करोड लागत अनुमान गरिएकोमा विभिन्न अवरोधका कारण मध्यभोटेकोशीको लगानी बढेर १४ अर्व ८४ करोड पुगिसकेको छ। साधारण सभामा प्रबन्ध निर्देशक थापाले अहिले आयोजनाको काम तिव्र गतिमा अघि बढेको र चांडै उत्पादन सुरु हुने जानकारि गराएका थिए ।

मध्यभोटेकोशी जलविद्युत् आयोजनामा लगानी प्रबद्र्धन गर्ने स्थानीय चार वटा शेयर धनी संस्था अरनीको हाईड्रो कम्पनी लिमिटेड, सिन्धुपाल्चोक हाईड्रो कम्पनी र सिन्धु भोटेकोशी हाईड्रो पावर कम्पनी रहेकोमा, सिन्धु ईन्भेष्टमेन्ट कम्पनी लिमिटेड आर्थिक रुपमा सफल र पारदर्शी कम्पनी मानिन्छ । जसले कम्पनीमा आवद्ध सदस्यको लगानी सुरक्षीत र प्रतिफल उन्मुख रहेको दावी गरेको छ ।

चाकुमा निर्माण भइरहेको बाँधस्थलको काम र जम्बुस्थित पावरहाउसको सम्पूर्ण जगस्थलको काम अन्मित चरणमा पुगिसकेको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!