आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थ८४ लाखको कुलोले फर्काएको खुशी

८४ लाखको कुलोले फर्काएको खुशी


कर्थली । भूकम्प र त्यसपछिका पराकम्पनले जमिन हल्लाएपछि गाउँमा मुल सुक्यो । वर्षाैदेखि तरकारी खेती गरिरहेका बाह्रविसे नगरपालिका–२ कर्थलीका किसानहरुले तरकारी लगाउन पाएनन् ।
खेतबारी बाँझै बसेपछि पानीका लागि कर्थलीवासीले अनेक पूजा लगाए । देउता भाके । पानी मागे । तर, कसै गरि पानीको स्रोत जुटेन ।
अन्ततः वाग्मती प्रदेश सरकारको सहयोगमा कुलो बनेपछि यहाँका किसान रमाए । वाग्मती प्रदेश सरकारको सहयोगमा ८४ लाख बराबरको सिचाई कूलो बनेपछि यहाँका स्थानीयमा पुनः खुशी फर्किएको हो ।
कुलो बनेपछि पानी आयो । अनि स्थानीय धनबहादुर तामाङले बारीमा तरकारी लगाए वर्षाैंपछि । ‘सबैलाई गुहार्दा हैरान थियौ, पानीको समस्याकै कारणले खेती गर्न पाइएको थिएन, यो पुरानो समस्या गएको असारदेखि मेटिएको छ, गाउँ हराभरा हुदैछ, साह्रै खुशी छौ,’ तामाङले हौसिँदै भने । चार महिनयताआफ्नो खेतबारीमा सागसब्जी लगाउनमै रमाएका धनबहादुरले सबैतिर पानीको अभाव मेटाउन कूलो वरदान साबित भएको उल्लेख गरे ।
कूलोबाट पानी खेतखेतमा पुगेपछि नगदेबाली र तरकारी खेती फस्टाउन थालेपछि यहाँका बाँझा खेत हरियो देखिन थालेका छ । ‘आकाशे पानीकै भरमा खेतीपाती थामिरहेका थियौ, बल्ल यसबाट मुक्त भयौ, मन हलुका भएको छ,’उनले भने ।
उनीजस्तै ६५ वर्षका बलराम गुरुङलाई कूलोको पानीपल्लो बसेरी फाँटमा पु¥याउने रहर छ । ‘यहाँको त खेतबारीमा पुरै पानीले हराभरा भयो, त्यता पनि यही पानी लगिएमा झनै गज्जब हुने थियो,’ उनले भने । कूलोबाट ल्याइएको पानीले सिचिएपछि यहाँको खेतबारीमा कृषकले धमाधम तरकारी र नगदेबाली लगाउन थालेको उनले उदाहरण दिए ।
बाह्रबिसे नगर कर्थलीका अगुवा रेशम तामाङका अनुसार गएको असार मसान्तमा गुहेवनकाभे्र बसेरी सिचाई योजना कूलो निर्माण गरिएपछि कर्थली भर २० हजार रोपनी जग्गामा पानी सहज बनेको छ । ‘तीन किलोमिटर दुरीको कुलोले वर्र्षौको समस्या समाधान गरेको छ,कूलो बनेपछि पानी उपलब्ध भयो, पानी सहज भएपछि आहिले यहाँका स्थानीय कृषिकर्ममै व्यस्त छन्,’ उनले भने ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!