आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थमध्यभोटेकोशीको शेयर नपरेको पैसा फिर्ता भयो तपाईंको ? चेक गर्नुहोस्

मध्यभोटेकोशीको शेयर नपरेको पैसा फिर्ता भयो तपाईंको ? चेक गर्नुहोस्


काठमाण्डौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा नपरेको पैसा देखि फिर्ता हुन थालेको छ । आवेदनहरुको बैंक खाता मै पैसा रकमान्तर भइरहेको हो ।
बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले असोज १४ गतेदेखि पैसा फिर्ता गरिने बताएसँगै शेयर नपरेको बाँकी रहक रकमान्तर गरिरहेको छ । आइपीओ परेर बाँकी भएको रकम तपाईंको खातामा जम्मा भयो कि भएन एक् पटक चेक गर्न क्यापिटलले आग्रहसमेत गरेको छ ।
आवेदनहरुको बैंक खाता मै पैसा रकमान्तर गरिने र पैसा आए नआएको यकिन गर्न पनि क्यापिटलले आग्रह गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ सोमबार बाँडफांड गरेको थियो । आईपिओमा १ लाख ८ हजार ५ सय २७ जना आवेदकले आवेदन दिएका थिए । जस मध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १ सय ४७ जनाले आवेदन दिएका थिए । यी मध्ये ४९ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ हजार ९८ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गत १८० कित्तासम्मको लागि आवेदन दिने आवेदकले माग बमोजिम कै शेयर पाएका छन् । १९० देखि ४ सय कित्ता सम्म आवेदन दिने मध्ये बाट थप २ हजार ३ सय १३ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।यस हिसाबमा आयोजना प्रभावित क्षेत्र अन्तर्गत अधिकतम १९० कित्तासम्म शेयर पाएका छन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!