आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थसमयमै काम नगर्ने सिन्धुपाल्चोककाे कम्पनी ‘कालाे सूची’मा

समयमै काम नगर्ने सिन्धुपाल्चोककाे कम्पनी ‘कालाे सूची’मा


चाैतारा ।
समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कालाे सूचीमा राख्न माग गरिएकाे छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले सिन्धुपाल्चोकको सगरमाथा योनटेन कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई कालो सूचिमा राख्न माग गरेकाे हाे ।
सम्झौता अवधिभित्र निर्माणको काम सम्पन्न नगरेको भन्दै चौतारा साँगाचोकगढी नगरपालिका– ११ मा रहेकाे साे सप्लायर्सलाई सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अनुरोध गरेको छ ।
भवन निर्माण आयाेजनाले कालो सूचिमा राख्न अनुरोध गरेपछि साे सप्लायर्सलाई स्पष्टीकरणसमेत साेधिएकाे छ । खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको हाे ।
कार्यालयले निर्माण कम्पनीले ३० दिनभित्र लिखित जवाफ मागेकाे थियो । सो अवधिमा कुनै जवाफ नआएकोले ७ दिन भित्र स्पष्टीकरण दिन अन्तिम पत्र पठाएको छ । ७ दिन भित्र स्पष्टिकरण नदिए कालो सूचिमा राखिने कार्यालयले जनाएको छ ।

 


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!