आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थघर-घरमै पुगेर भत्ता

घर-घरमै पुगेर भत्ता


काभ्रे : काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका बृद्ध–बृद्धा र शारीरिक अ शक्त भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण गरेको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमको विशेष पहलमा उनीहरूलाई बुधवारबाट सामाजिक सुरक्षा भत्ता घर–घरमा वितरण गर्न थालनी भएको छ ।
आर्थिक वर्ष ०७७/ ०७८ को सामाजिक सुरक्षा भत्ता बैङ्कसम्म पुगी लिन नसक्ने लाभग्राहीहरूलाई गाउँपालिका, वडा कार्यालय र एन.सी.सी. बैङ्क चौंरीदेउराली शाखाको समन्वयमा घरदैलोमै पुगेर हात हातमा वितरण गरेको गाउँपालिका अध्यक्ष गौतमले जानकारी दिए ।
यो कामको सुरुवात चौंरीदेउराली गाउँपालिका वडा नं. ७ माँदनकुडारीबाट सुरुवात गरेको छ । यहाँका ८० वर्ष माथिका वृद्ध–बृद्धा र ‘क’ वर्गको अ पा ङ्गता भएका लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष गौतमले जानकारी दिए ।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!