आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थमध्यभाेटेकाेशीकाे आईपिओमा नपरेकाे पैसा भाेलिदेखि फिर्ता हुने

मध्यभाेटेकाेशीकाे आईपिओमा नपरेकाे पैसा भाेलिदेखि फिर्ता हुने


काठमाडौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा नपरेको पैसा भाेलि (बिहिबार) देखि फिर्ता हुने भएकाे छ । आवेदनहरुको बैंक खाता मै पैसा रकमान्तर गरिने छ ।
बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले असोज १४ गतेदेखि पैसा फिर्ता गरिने बताएको हो । आवेदनहरुको बैंक खाता मै पैसा रकमान्तर गरिने र पैसा आए नआएको यकिन गर्न पनि क्यापिटलले आग्रह गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ सोमबार बाँडफांड गरेको हो । आईपिओमा १ लाख ८ हजार ५ सय २७ जना आवेदकले आवेदन दिएका थिए । जस मध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १ सय ४७ जनाले आवेदन दिएका थिए । यी मध्ये ४९ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ हजार ९८ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गत १८० कित्तासम्मको लागि आवेदन दिने आवेदकले माग बमोजिम कै शेयर पाएका छन् । १९० देखि ४ सय कित्ता सम्म आवेदन दिने मध्ये बाट थप २ हजार ३ सय १३ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।यस हिसाबमा आयोजना प्रभावित क्षेत्र अन्तर्गत अधिकतम १९० कित्तासम्म शेयर पाएका छन्  ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!