शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठअर्थ२७ सयमुनि ओर्लियो सेयर बजार

२७ सयमुनि ओर्लियो सेयर बजार


काठमाण्डौं । सेयर बजारको परिसूचक नेप्से २७ सय अंकमुनि झरेको छ। सोमबार परिसूचक ७३ अंकले घटेको हो।

सो अंकको गिरावटपछि परिसूचक २६८५ अंकमा कायम भएको छ। यसअघि हिजो आइतबार पनि बजार ६१ अंकले घटेको थियो।

परिसूचक मात्रै होइन, कारोबार रकम पनि घटेको छ। हिजो आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ५ अर्ब १२ करोडमा सीमित भयो।

यस दिन सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटे।

यस दिन ३ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो।

सूचीकृत भएयता मनकामना स्मार्टको मूल्य प्रायः १० प्रतिशतका दरले बढ्दै आएको छ। सोमबार कम्पनीको मूल्य प्रतिकित्ता १५९३ रुपैयाँ ७० पैसा पुगेको छ।

त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य पनि १० प्रतिशतले बढ्यो। हालै सूचीकृत भएको मैलुङखोलाको मूल्य प्रतिकित्ता २२६ रुपैयाँ पुगेको छ। गोर्खाज फाइनान्सको मूल्य ६ प्रतिशतले बढ्यो। यी ३ बाहेक सबै कम्पनीको मूल्य घटेको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!