आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थविनियोजन विधेयक प्रमाणीकरणः सरकारलाई खर्च गर्ने बाटो खुल्यो

विनियोजन विधेयक प्रमाणीकरणः सरकारलाई खर्च गर्ने बाटो खुल्यो


असोज ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी थिइन् ।

एमालेको निरन्तरको संसद अवरोधका कारण सरकारले संसदमा पेश गरेपनि पारित हुन नसकेको विनियोजन विधेयक पारित नहुँदा भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो ।

प्रमाणीकरणसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि सरकारलाई बजेट खर्चको बाटो खुल्नेछ । केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट देउवा सरकारले प्रतिस्थापन विधेयकमार्फत केही संसोधन समेत गरेको छ ।

प्रतिनिधिसभाले विनियोजन विधेयकसँगै आश्रित विधेयकहरु पारित गरेको छ भने राष्ट्रियसभामा भने शुक्रबार मात्रै आश्रित विधेयक टेवल हुनेछन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!