आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थतातोपानी र केरुङ नाकाको समस्या समाधान गर्न व्यवसायीको ध्यानाकर्षण

तातोपानी र केरुङ नाकाको समस्या समाधान गर्न व्यवसायीको ध्यानाकर्षण


असोज ६ । नेपाल हिमालय सीमापार वाणिज्य संघले नेपाल–चीन बीचको व्यापारीक नाका तातोपानी भन्सार र अरनिको राजमार्गको बाह्रवीसे तातोपानी सडक खण्डको समस्या समाधानका लागि पहल गर्न नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण गराएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका नयाँ कार्यसमितिलाई स्वागत तथा बधाईका लागि आयोजीत कार्यक्रममा नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठलगायत अन्य पदाधिकारीले महासंघका पदाधीकारीको ध्यानाकर्षण गराएका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठलगायत अन्य पदाधिकारीलाई खादा ओढाई बधाई ज्ञापन गरेका थिए ।

महासंघले सोही कार्यक्रममा नेपाल हिमालय सीमापार वाणिज्य संघको नयाँ कार्यसमिति सहित फ्लोरिकल्चर एशोशिएसन नेपाल, एल.पि. ग्यास संघको नयां कार्य समितिलाई समेत स्वागत तथा बधाई दिएको छ ।

कार्यक्रममा नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले तातोपानी तथा रसुवाको केरुङ नाकामा बिद्यमान समस्या समाधान गर्न आवाश्यक पहल गरिदिन महासंघलाई अनुरोध गरेको श्रेष्ठले बताए ।

नेपाल हिमालय सीमापार वाणिज्य संघ नेपाल उद्योग बाणिज्य महासंघको सदस्य रहेको छ । उत्तरी नाकाबाट चीन तर्फ आयात तथा निर्यातको व्यापार गरिरहेका व्यवसायीहरुको साझा संस्थाका रुपमा नेपाल हिमालय सीमापार वाणिज्य संघ क्रियाशिल छ ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै साना तथा मझौला उद्योगीहरुको समस्याहरुलाई समाधान गर्न पहल गर्ने र नाकामा भएका समस्याहरुलाई समाधान गर्न सँधै तयार भएको बताए ।।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!