आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थराष्ट्र बैंकले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बेच्दै

राष्ट्र बैंकले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बेच्दै


असोज ४ । नेपाल राष्ट्र बैंकले आज बोल कबोल प्रक्रियाबाट रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । नवीकरण प्रयोजनका लागि केन्द्रीय बैंकले ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले रु पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि विक्रि गर्न लागेको जनाएको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ । यस्तै रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी चेत ८ गते परिपक्व हुनेछ ।

केन्द्रीय बैंकले रु दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागेको छ । सो बिल विसं २०७९ असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले यसअघि भदौ २८ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!