शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थसाढे ५ हजार उचाईमा चिज उत्पादन गरिने

साढे ५ हजार उचाईमा चिज उत्पादन गरिने


काठमाण्डौं । चिज उत्पादन केन्द्र लाङटाङले आगामी बर्षदेखि ५ हजार ५ सय मिटर उचाइबाट चिज उत्पादन गर्ने तयारी गरेको छ । सिन्धुपाल्चोक र रसुवामा रहेका चौंरीबाट उत्पादित दुधको संकलन गरि चिज उत्पादन गर्ने लक्ष्यसहित उत्पादन गरिन लागिएको हो ।। केन्द्रले रसुवाको यालाखर्कबाट चिज उत्पादन सुरु गर्ने भएको छ ।
चौरीपालक कृषकहरुले बजारीकरणको समस्या झेलिरहेको अवस्थाामा केन्द्रले हिमाली गभेगमै चिज उत्पादन गर्न लागेको जनाएको छ ।
चौरीपालक कृषकको अनुरोधमा यालाखर्कबाट चिज उत्पादन सुरु गर्न लागिएको केन्द्रका प्रमुख ग्याल्बो तामाङले जानकारी दिए ।
केन्द्रले लाङटाङमा वार्षिक ५ हजार किलोसम्म चिज उत्पादन गर्ने जनाएको छ । यसअघि सो केन्द्रले गोसाइँकुण्ड गाउँपालिकाको पाङ्लेखर्क, चन्दनबारी, लाङटाङ र आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ तथा सान्जेनमा चिज उत्पादन गर्दै आएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!