शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थआइपिओ बाँडफाँड गर्ने तयारीमा मध्यभोटेकोशी

आइपिओ बाँडफाँड गर्ने तयारीमा मध्यभोटेकोशी


काठमाण्डौ । बहुचर्चित मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ सर्वसाधारणका लागि दसैँअगाडि नै आइपिओ बाँडफाँड गरिने तयारी रहेको छ । द्रुतगतिमा आइपीओ निष्कासनपछिका काम भइरहेकाले दसैं अगावै खुल्ने भएको हो ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलकाअनुसार मध्यभोटेकोशीको आईपीओ बाँडफाँड हुने प्रबल सम्भावना छ । हाल पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड गर्ने तयारी भइरहेको छ ।

मध्यभोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले दसैंअगाडि नै सर्वसाधारणका लागि आईपीओ निष्कासनसमेत गरिने बताए । ‘स्थानीय र आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेको केही दिनभित्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछौँ’, उनले भने ।
नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशीले चुक्तापुँजी ६ अर्ब रुपैयाँको २५ प्रतिशतबराबरको १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । जसमा १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ अर्थात ६० लाख कित्ता सेयर कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना र प्रभावित र स्थानीयका लागि निष्कासन गरिसकेको छ ।
पहिलो चरणको आईपीओको बाँडफाँड आगामी सातासम्म बाँडफाँड गरिसक्ने लक्ष्य राखिएको छ। ‘यो साता सबै काम सक्छौँ र आगामी साताभित्रै पहिलो चरणको आईपीओ बाँडफाँड हुन्छ’, उनले भने ।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कुल कित्तामध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!