शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थव्यापारीको हकहितमा मेलम्ची नगर उद्योग बाणिज्य संघ

व्यापारीको हकहितमा मेलम्ची नगर उद्योग बाणिज्य संघ


मेलम्ची । मेलम्ची नगर उद्योग बाणिज्य संघ व्यापारीको हक हितका लागि थप क्रियाशील हुने भएको छ । बाढी पहिरोलगायत विपत्ति खेपेका व्यवसायीहरुका लागि उद्धार राहत लगायत काम गरि थप सक्रिय हुने भएको हो ।
मेलम्ची नगर उद्योग वाणिज्य सघं मेलम्ची नगरपालिकाको पहिलो बैंठकमा सदस्य संख्या थप गरि यो क्षेत्रका व्यापारीहरुको साझा संख्था बनाउने निर्णयसमेत गरिएको छ । संस्थामा हाल २१ सदस्यीय कार्यसमिति रहेको छ ।
पुस्कर प्रसाद धितालको अध्यक्षतामा बसेको बैठकमा विभिन्न महत्वपुर्ण निर्णय भएको संस्थाका महासचिब तारा बानियाँले जानकारी दिए । सोमबार बसेको बैठकले विष्णु प्रसाद धिताललाई कानुनी सल्लाहकार समेत नियुक्त गरेको छ । साथै मेलम्ची पाँचपोखरी, मेलम्ची हेलम्बु र मेलम्ची इन्द्रावति जाने सडक वैकल्पिक रुपमा भने पनि तत्काल सञ्चालनका लागि नगरपालिकालाई ध्यानाकर्षण गर्ने निर्णय समेत भएको हो ।
बाढीबाट क्षति पुगेको रेडियो मेलम्ची सञ्चालनका लागि समेत ५ हजार रुपैयाँ समेत सहयोग गरिएको छ । संस्थाका अध्यक्ष पुस्कर धितालले रेडियो मेलम्चीका प्रतिनिधि दिपिन ढुंगानालाई सो रकम हस्तान्तरण गर्नुभएको हो । आगामि दिनमा दर्घकालिन सोचका साथ नगर भित्रका सबै वडाका ब्यापारी हरुलाई समेटेर सदस्य संख्या थप गर्दै आगामि योजना रहेको संघले जनाएको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!