शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थकिसानलाई सहकारीमार्फत मल र बिउ

किसानलाई सहकारीमार्फत मल र बिउ


चौतारा । जिल्लाभर कृषि सहकारीमार्फत सहुलियत मूल्यमै आवश्यक युरिया, डिएपी ,पोटास मल र अनेक बिउ उपलब्ध गराइएको छ । सहकारीमा कुनै बेला पनि मल अभाव गर्न नपाउने नीतिअनुरुप जनप्रतिनिधिले सहकारीमार्फत कृषि सामाग्री कम्पनी लिमिटेडकै मूल्यमा किसानलाई मल, बिउ दिन सुरु गरेका हुन् ।
आलु, गहुँ, तोरी, धान, फापर, मकैदेखि सबै प्रकारको नगदे बालीदेखि तरकारी उत्पादन हुने जिल्लाभर झण्डै ६५ प्रतिशत स्थानीय खेतीमा निर्भर छन् । भने, १५ हजार हेक्टर क्षेत्रफलमा खेती हुने सिन्धुभूमिभर लाखौ बोरा मल खपत हुनेमा मलको अभाव हुन नदिन सहकारीले तथ्याक संकलन गरेको जनाएका छन् ।
बाह्रबिसे नगर वडा ९ स्थित श्री तपाई हाम्रो नमुना साना किसान कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष शेरबहादुर रायमाझीले बाह्रबिसे नगरसहित त्रिपुरासुन्दरी ,भोटेकोशी र बलेफी गापा भेगलाई समेटेर मल ल्याइएको उदाहरण दिए । ‘बाह्रबिसे बजार यी सबै स्थानीय तहको केन्द्र बजार हो, त्यही सोचेर आवश्यक मल र बिउ खेती यसअघिकै सिजनमा मल ल्याइसकेका छौ, कृषकले किनेर लगिरहनुभएको छ,’उनले भने ।
कोरोनाकालबीच बजारमा छाएको कालोबजारीलाई नियन्त्रण गर्दै अधिक मुल्यमा किसानले किन्नु परेको मल, बिउलाई सहुलियत बनाउन सहकारीमार्फत गरिएको तीन नगर र नौ स्थानीय तहका कृषि शाखाले जनाएका छन् । हिमाली सिम्पालकाभ्रेदेखि इन्द्रावती किनार भिमटार गाउसम्मबाट तंथ्याक संकलन गरेर खाद्यन्न ,मल र बिउलाई सहुलियत मुल्यमा ‘एक घर एक बारी’ अभियानअनुरुप लागिरहेको इन्द्रावती सरकारले जनाएको छ ।

बाहिरबाट खाद्य र तरकारी आपुर्ती नर्गने नीति बनाएको भोटेकोशी, जुगल, त्रिपुरासुन्दरी, सुनकोसी ,लिसंखुपाखर गाउ“पालिकाले कृषकलाई प्रोत्साहन गर्न सहुलियत मुल्यमा मल र बिउ वितरण गर्ने अभियानमा लागेको छ ।
बाढीको चपेटामा परेको हेलम्बु ,मेलम्ची नगर र पाचपोखरी थाङपाल गापाका कृषक भने बर्खाको विपत्ती रोकिने आसमा छन् ।

 


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!