शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थढुंगा गिटीबाट चौताराको अन्तरिक आय २५ करोड बढी

ढुंगा गिटीबाट चौताराको अन्तरिक आय २५ करोड बढी


दिपेन्द्र घले । चौतारा ।
नदि जन्य पदार्थबाट चौतारा साँगाचोकगढी नगरपालिकाले एक वर्षमा २५ करोड भन्दा बढी आय गर्ने गरेको छ । नगरपालिकाको कुल आन्तरिक आय अन्र्तगतको ढुङ्गा, गिट्टि र बालुवाबाट मात्रै यो रकम असुल्ने गरेको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ मा नगरपालिकाको ढुङ्गा, गिट्टि र बालुवाबाट कुल २५ करोड २९ लाख १ हजार ९ सय १२ रुपैयाँ ९ पैसा उठाएको थियो । सो मध्ये इन्द्रावतीबाट १९ करोड ६३ लाख ६ हजार ९ सय १२ रुपैयाँ ९ पैसा र सुनकोशीबाट ५ करोड ६६ लाख १३ हजार रुपैयाँ गरी कुल रकम उठाएको नगरपालिकाले जनाएको हो ।
उक्त रकम पहिलो किस्ताबाट २५ प्रतिसत यानिकी ६ करोड ३२ लाख ४४ हजार ४ सय ७८ रुपैयाँ २२ पैसा, त्यसैगरी दोस्रो र तेस्रो किस्ताबाट क्रमशः १० करोड ११ लाख ९२ हजार ७ सय ६५ रुपैयाँ १ पैसा र ८ करोड ८५ लाख ४३ हजार ६ सय ६९ रुपैयाँ ५ पैसा उठाएको नगरपालिकाका सूचना अधिकारी दुर्गाप्रसाद ढुंगेलले बताए । उनका अनुसार यो आर्थीक वर्ष २०७८।०७९ का लागि कुल २५ करोड २४ लाख १६ हजार ८ सय ९० रुपैयाँ ३ पैसा कबोल गराई उठाउने जिम्मा काली÷साँगा निमार्ण जे.भी. लाई दिएको छ । जे.भी. ले यस वर्ष नगरपालिकालाई पहिलो दोस्रो र तेस्रो किस्ता वापत क्रमशः ३५, ४० र २५ प्रतिशत रकम बु³ाउने छ ।

 


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!